शनिबार, जेठ ३०, २०८३

मेलाको विषयलाई लिएर झडप, मेयर साह घाइते

 |  शनिबार, साउन ३१, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०८२

रौतहट । कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झड्प भएको छ। 

National life

धरहरी गाउँमा शनिबार आयोजित मेला उदघाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि झड्प भएको हो। 

झड्पमा परेर जनप्रतिनिधि तथा सुरक्षाकर्मी गरि पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह , बरिष्ठ प्रहरी हवल्दार जगदीश यादव ,धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइते भएका हुन। इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ बर्षीय विनोद साह र २२ बर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ। 

झड्पमा घाइते भएका मेयर साह सहितको गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ। यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 16, 2025| 19:13 शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्