मंगलबार, साउन २६, २०८३

'गोधुलि गीत' लिएर आए भानु बोखिम

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं- लेखक भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ शनिबार सार्वजनिक भएको छ। काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।

यो उपन्यास माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा लेखिएको छ। पुस्तकमा सशस्त्र द्वन्द्वमा सहभागीले देखेको सपना र त्यसपछिको समयलाई एक किशोरीको आँखाबाट प्रस्तुत गरिएको छ।

कार्यक्रममा साहित्यकार श्यामल र नवीन विभासले पुस्तकमाथि टिप्पणी गरेका थिए। त्यस्तै, कार्यक्रममा पुस्तकबारे लेखक बोखिमसँग पत्रकार दीपक सापकोटाले संवाद गरेका थिए।

बोखिमको यो दोस्रो कृति हो। यसअघि २०७४ सालमा ‘रूमानी साँझ’ कथाकृति प्रकाशित भएको थियो। कलम प्रकाशनले बजारमा ल्याएको गोधुलि गीत पुस्तकको मूल्य ६९५ रुपैयाँ रहेको छ।

 

प्रकाशित: Jul 01, 2023| 17:15 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।