बिहीबार, साउन ७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कात्तिक १५ गते बिहीबार कहाँ के- के भयो? अब थाहा पाउनुहोस्, नेपाल समयको दिनभरी।

अस्पतालबाट पाँच दिनपछि डिस्चार्ज भए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट पाँच दिनपछि डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओलीलार्इ स्वास्थ्यमा समस्या आएपछि १२ कार्तिक सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड रिसर्च सेन्टरमा भर्ना भएका थिए। 

मुख्यमन्त्रीले केशव स्थापितलार्इ हटाए

प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ। मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक-पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाइएको जनाइएको छ। 

फुट्नै आँटेको समृद्धिको बेलुन

अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट दीक्षित जापानका केन वातानावेले एउटा बहुचर्चित पुस्तक 'प्रब्लम सल्भिङ १०१' मा मानिसको उत्कृष्टतालाई पाँच अभिलक्षणमा वर्गीकृत गरेका छन्। 

यसरी सुरु भयो कांग्रेसको चियापान परम्परा

क्यान्सरबाट पीडित विश्वेश्वरप्रसाद (बिपी) कोइराला अमेरिकामा उपचार गरेर नेपाल फर्किएपछि उनको निवासमा भेट्न आउनेको लर्को लाग्यो। उनलाई तत्कालीन सत्ताले पक्राउ गरी जेल हाल्ने सम्भावना प्रबल थियो। त्यसैले पक्राउ नपर्दै उनलाई भेट्न चाहनेको भीड लाग्नु स्वाभाविकै थियो। 

कांग्रेसको चियापान: सहमतीय राजनीतिको आवश्यकतामा जोड

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन्। 

निर्मला हत्या : सय दिन त्यत्तिकै खेर, इन्टरपोल गुहारियो 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याका सम्बन्धमा अनुसन्धान गर्न गठित विभिन्न सातवटा समितिहरू घटनाको दोषी पहिचान गर्न विफल भएपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ।

सरकारले प्रभावकारी काम गर्न सकेन : घनश्याम भुसाल

नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको बताएका छन्। रुपन्देही- ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका भुषालले दुर्इ तिहाइ बहुमत प्राप्त सरकारसँग जनताका अपेक्षा धेरै भएपनि जनताको पक्षमा काम गर्नै नसकेको बताए। 

खुल्ने भयो तातोपानी नाका, चहलपहल बढ्यो

विस २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ। 

फूलै संसार 

शरद् ऋतु, नजिकिँदै गरेको नेपालीको दोस्रो ठूलो चाड तिहार। यतिबेला घरका गमला र रक्षानमा मात्र हैन, पाखाभरि ढकमक्क फुलेका अनेक थरी फूलको सौन्दर्यले प्रकृतिले धर्तीमा आफ्नो सुन्दर रूप देखाइदिएको आभास भएको छ हामी सबैलाई। 

नेपाल भ्रमण वर्षको कार्यक्रम संयोजकमा सुरज वैद्य नियुक्त
 
सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी आज उनलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त गरेका हुन्।

पीपीएल : बुटवलविरुद्ध काठमाडौं ३७ रनले विजय

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौंले बुटवललाई ३७ रनले पराजित गरेको हो।

सुरु भयो 'मालिका' र 'चंगा चेट'को भिडन्त 

फ्राइडे रिलिजमा यो शुक्रबार पनि दुई नेपाली फिल्मको भिडन्त भएको छ । रेखा थापाको ‘मालिका’ र निर्देशक दिपेन्द्र के खनालको ‘ चंगा चेट’ आजबाट एकसाथ हल लागेका हुन् । 

सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ। लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।