बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी यू–१६ इस्टर्न जोन कपः मलेसियालाई हराएर सेमिफाइनल पुग्यो नेपाल

एसीसी यू–१६ इस्टर्न जोन कपः मलेसियालाई हराएर सेमिफाइनल पुग्यो नेपाल

नेपालले समूहको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको हो।
 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं– नेपाल एसीसी यू–१६ इस्टर्न जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध जित निकाल्दै सेमिफाइनलमा पुगेको छ। नेपालले समूहको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको हो।

National life

दोस्रो पारीमा नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए। नेपाली बलरविरुद्ध मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए भने मोहम्मद आलिफ १५ रनमा आउट भए। 

मलेसियाले जितका लागि १८४ रनको विजयी लक्ष्य पछ्याए पनि ३३. ५ ओभरमा ९९ रन बनाएर अल आउट भयो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभर खेलेर १८३ रन बनाएको थियो। नेपालका अशोक धामी खेलको प्लेयर अफ द म्याच बने।

नेपालले ९१ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो। तर नेपालका लागि अशोक र नरेनले ४५ रनको साझेदारी गरेपछि प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सकेको हो।

प्रकाशित: Jun 30, 2023| 13:15 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्