शनिबार, साउन २४, २०८२

पहिरोले १० ठाउँमा सडक अवरुद्ध

 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

काठमाडौं- पछिल्लो २४ घण्टामा भएको वर्षा र त्यसका कारण गएको पहिरोले देशका विभिन्न ठाउँमा गरी १० वटा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाल्पा, तानसेन नगरपालिका-५ तिनलाँकुरी नजिकै पाल्पा-गुल्मी सडक खण्डमा शुक्रबार बिहान आएको अबिरल बर्षाको कारण पहिरो जाँदा सडक अबरोध भएको छ।

दार्चुला, शैल्यशिखर नगरपालिका-६ पनेबांज र मालिकार्जुन गाउँपालिका-३ तेर्छालेकस्थित गोकुलेश्वर- दार्चुला हाईवे सडक खण्डमा शुक्रबार बिहान आएको बर्षाका कारण पहिरो जाँदा सडक अवरोध भएको छ।

ललितपुर, ललितपुर महानगरपालिका-३ भालुखोला र पाङदुर डोलमा शुक्रबार बिहान आएको अबिरल बर्षाको कारण पहिरो जाँदा हेटौंडा जाने कान्तिलोक पथको सडक अबरोध भएको छ।

म्याग्दी, रघुगंगा गाउँपालिका-३ तल्लो बैसरीस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी जोमसोम सडक पूर्ण रुपमा अबरोध भएको छ।

मुगु, खत्याड गाउँपालिका-८ स्थित स्याला खोला नजिक सडकमा बिहीबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अबरोध भएको छ।

Metro Mart

प्यूठान, माण्डवी गाउँपालिका-१ सिमलवौरमा शुक्रबार बिहान आएको वर्षाका कारण पहिरो जाँदा भालूवाङ-प्यूठान सडक खण्ड पूर्ण रुपमा अबरोध भएको छ।

कालिकोट, शुभकालिका गाउँपालिका-१ स्थित कर्णाली राजमार्ग अन्तर्गत एस मोडमा शुक्रबार बिहान आएको अबिरल बर्षाका कारण पहिरो जाँदा सडक पूर्ण रुपमा अबरोध भएको छ।

अर्घाखाँची, सितगंगा नगरपालिका-२ भुवनपाटास्थित गोरूसिङगे सन्धिखर्क सडक खण्डमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अबरोध भएको छ।

मुस्ताङ, थासाङ गाउँपालिका-४ काभ्रेभिरस्थित बेनि जोमसोम सडक खण्डमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।

चितवन, ईच्छाकामना गाउँपालिका-५ नारायणगढ मुग्लिङ सडक खण्डको ३ नम्बर पुलस्थित सडक बिहीबार राति पहिरो जाँदा अवरोध भएको छ।

पहिरो गएको स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सडक खुलाउने प्रयास गरिरहेको बताएको छ।

 

प्रकाशित: Jun 30, 2023| 13:11 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्