मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास प्रकरणः अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी 

ललिता निवास प्रकरणः अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी 

बस्न्यातले भूमिसुधार सचिव हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भू–माफियासँग मिलेर सरकारी लिखत किर्ते गरेको सीआईबीको दाबी छ।
 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खानेको सूचीमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुमति दिएको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भू–माफियासँग मिलेर बस्न्यातले पनि सरकारी लिखत किर्ते गरेको छानबिनका क्रममा फेला परेको छ। बस्न्यात भूमिसुधार मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गाबारे पटक–पटक पत्राचार र निर्णय गराएका थिए।

आयोगले बस्न्यातविरुद्ध यसअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तर उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए। सर्वोच्चले २४ वैशाख २०७८ मा उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न  आदेश दिएको थियो।

विशेष अदालतको आदेशले डिल्लीबजार कारागारमा थुनामा रहेका बन्स्यातको निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनी थुनामुक्त भएका थिए।

ललिता निवास प्रकरणमा अदालतबाट ४०६ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ। तीमध्ये १७ जनाले सर्वोच्चबाट ‘स्टे अर्डर’ लिएका छन्।

प्रकाशित: Jun 30, 2023| 12:26 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्