शुक्रबार, साउन २३, २०८२

एक मतको खेलले तात्दै कोसी, मध्यावधि निर्वाचनको खतरा

९३ सदस्यीय कोसी प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई सरकारमा टिकिरहन ४७ सांसदको समर्थन आवश्यक पर्छ। राप्रपाले साथ दिँदा पनि एमालेसँग ४६ सांसद मात्रै छन्।
 |  बिहीबार, असार १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

vianetvianet

काठमाडौं– माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेस, नेकपा माओवादीलगायत विपक्षी दललाई पत्र लेखेरै सरकार टिकाइदिन विश्वासको मत मागेका छन्। आज बस्ने प्रदेशको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्ने कार्यसूची सार्वजनिक गरिएको छ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि कांग्रेस, माओवादी केन्द्रसहितका दललाई लिखित पत्र पठाएका छन्। सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले विश्वासको मत नपाए कोसीमा सरकार ढल्नेछ वा मध्यावधि निर्वाचन पनि हुन सक्ने सम्भावना देखिँदै छ।

तर कार्कीको सरकारलाई ढालेर केन्द्रमा गठबन्धन गरेका कांग्रेस, नेकपा माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छन्। भर्खरै बसेको कोसी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको छ। यो निर्णयपछि कार्कीलाई नेकपा माओवादीबाट मत जाने सम्भावना अन्त्य भएको छ। कांग्रेसकै कारण नेकपा माओवादी केन्द्र र जसपाले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्।

हुन त साताअघि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिएकाले जसपाबाट कोसीमा धोका नहुने विश्वासमा एमाले छ। तर जसपाले हालसम्म कोसीका कार्कीलाई मत दिनेबारे कुनै निर्णय गरेको छैन। कोसीमा कुनै पनि दलको बहुमत नभएकाले  एमालेका मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए कसले सरकार गठन गर्ने भन्नेमा अझै अन्योल छ।

कोसीमा एमाले नेतृत्वको सरकार ढले सातै प्रदेश एमाले सरकारविहीन हुनेछ। कोसीमा सबैभन्दा ठूलो दल भए पनि प्रदेश सभामा सरकार जोगाउन एमालेलाई १ मात्र्र मत आवश्यक पर्छ। एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन्।  राप्रपा र एमाले मिल्दा ४६ सांसदको समर्थन रहन्छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकारको समर्थन जोगाइराख्न मुख्यमन्त्री कार्कीलाई ४७ सांसदको समर्थन आवश्यक पर्छ।

Metro Mart

मुख्यमन्त्री कार्की एउटा मात्र सांसद सदस्य रहेको प्रदेशसभामा जसपाले विश्वासको मत दिनेमा ढुक्क छन्। हाल कोसी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन्।

अहिले कोसी प्रदेशमा विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँगसँग सभामुखसहित ४७ सांसद छन्। मतदानका क्रममा बराबरी मत आए सभामुखको मत निर्णायक हुनेछ। सभामुख एमालेकै छन्। सरकारले विश्वासको मत पाउन नसके र कांग्रेस, माओवादीले सरकार गठनका लागि बहुमत जुटाउन नसके कोसी प्रदेशमा मध्यावधि निर्वाचन पनि हुन सक्ने संकेत देखिँदै छ।

यसको छनक केही दिनअघि मुख्यमन्त्री कार्कीले दिइसकेका छन्। कांग्रेस, नेकपा माओवादी सरकार गठनका लागि पहल गरे पनि कोसीमा बहुमत पुग्ने स्थिति छैन। कार्कीले एमाले संसदीय दलको तर्फबाट पत्र लेख्दै प्रदेश संरचनाको स्थायित्व गर्न र पटक–पटक सरकार परिवर्तनको खेलमा लाग्दा नागरिकमा निराशा उत्पन्न हुनेतर्फ प्रतिपक्षीलाई सचेत गराएका छन्।

माओवादीले सरकार छाडेपछि कार्कीको सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए वा अगाडि नै राजीनामा दिए कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागिनसकेकाले कोसीमा राजनीतिक अस्थिरता बढ्न सक्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी दाबी गर्छन्

सत्ता साझेदार माओवादी केन्द्र र जसपाले सरकार छाडेर अल्पमतमा परेपछि कोसी सरकारले ३१ जेठमा बर्खे अधिवेशन अन्त्य गरेर ३२ जेठमा अध्यादेशमार्फत बजेट ल्याएको थियो।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान  छ। सरकारको समर्थनका लागि हुने मतदानमा सभामुखको मत निर्णायक मानिए पनि प्रदेश सरकारमा सभामुख माओवादीका छन्।

प्रकाशित: Jun 29, 2023| 14:22 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्