बिहीबार, साउन ७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कात्तिक १५ गते बिहीबार कहाँ के- के भयो? अब थाहा पाउनुहोस्, नेपाल समयको दिनभरी।

प्रधानमन्त्रीको 'डिस्‍चार्ज' अझै अनिश्‍चित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामन्य हुँदै गएको छ। बुधबार उनलाई माछा र भात खान दिइयो भने बिहीबार दालभात तरकारी खाएका छन्। तर, डिस्चार्ज अझै अनिश्चित छ।

अस्पतालमा बिचौलिया हाबी, बिरामीको बिजोग

प्रदेश-२ को सबैभन्दा ठूलो र व्यस्त सरकारी अस्पताल नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले विचौलिया हाबी भएका छन्। अस्पताल व्यवस्थापनले प्रभावकारीरुपमा नियन्त्रण गर्न नसक्दा बिचौलियाको बिगबिगी बढेको हो।

कर्मचारीबाटै सुरक्षा चुनौती, सिंहदरबारमा उच्च सुरक्षा सतर्कता 

काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारीबाटै सुरक्षा चुनौती बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

सर्लाही हत्या प्रकरण : माग पूरा नभएसम्म कांग्रेसले शव नबुझ्‍ने

नेपाली कांग्रेसले पार्टीले अघि सारेका माग पूरा नभएसम्म सर्लाहीको रामनगरमा नेकपाका कार्यकर्ताको आक्रमणमा मारिएका रामविलास महतोको शव नबुझ्ने भएको छ। कांग्रेसले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारबाही गनुपर्र्ने माग अघि सारेको छ।

सिके राउतलाई थप १५ दिन थुन्‍न अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश आन्दोलका संयोजक सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश दिएको छ। उनलाई राज्यविरुद्धको संगठित अपराधमा थप १५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। राउतसहित स्वतन्त्र मदेश माग गर्दै आन्दोलनरत पाँच जनालाई जिल्ला प्रहरी कार्यलय रौतहटले असोज २५ गते नियन्त्रणमा लिएको थियो। 

धनुषाको हंसपुर नगरपालिकाका मेयरमाथि हातपात

धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलमाथि हातपात भएको छ । आफ्नो कार्यकक्षमा बसिरहेका बेला मेयर मण्डलमाथि बुधबार हातपात भएको हो। 

गरिब प्रदेशका मन्‍त्री र सांसदको तलबभत्ता वार्षिक पाँच करोड

गरिब प्रदेश भनेर चिनिने कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि सांसदसम्मले आकर्षक सेवा सुविधा पाउने भएका छन्। प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधामा वार्षिक झण्डै पाँच करोड रकम खर्च हुने भएको छ।

विश्‍व बैंकले भन्यो, 'वैदेशिक लगानीको बाधक सरकारको नीति हो'

विश्व बैंकले नेपालमा वैदेशिक लगानीको वाधक सरकारको परम्परागत नीति रहेको निश्कर्ष प्रस्तुत गरेको छ।  भित्रन नसक्नुको कारण सरकारको वैदेशिक नीति रहेको बताएको छ। 

भैरहवामा अन्तराष्ट्रिय उडानपछि प्रदेश ५ मा मोनोरेल र बिजुली बस

भैरहवा-प्रदेश नम्बर ५ मा प्रदेश स्तरीय विद्यूतीय बस सेवा सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको छ। 


जापान जान अनलाइनबाटै भाषा परीक्षा दिन सकिने

जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन्। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए।

साफ यू-१५ बाट नेपाल बाहिरियो 

काठमाडौं- चौथो संस्करणको साफ यू-१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा आयोजक नेपाल पाकिस्तानसँग पराजित हुँदै प्रतियागिताबाट बाहिरिएको छ । सेमिफाइनलमा पाकिस्तानसँग ४-० गोल अन्तरले पराजित हुँदै प्रतियागिताबाट बाहिरिएको हो। 

त्यसैगरी पोखरामा जारी पीपीएलमा दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुज र पारस खड्को चितवन राइनोज् विजयी भएका छन्।

महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

महाराष्ट्र- भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।