बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईसीसी विश्वकप छनोटः नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निर्णायक

आईसीसी विश्वकप छनोटः नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निर्णायक

आजको निदरल्यान्ड्सँगको खेल हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ।
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं– आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। सुपर सिक्समा पुग्न पनि आजको खेल नेपालले जित्नैपर्ने दबाब छ। आजको निदरल्यान्ड्सँगको खेल हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। 

National life

जिम्बाबेको ताकासिंगा क्रिकेट मैदानमा खेल नेपाली समयआनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्नेछ। नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहनेछ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ।

पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाबेसँग ८ विकेटको पराजय बेहोरेको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनको फराकिलो हार भोगेको हो। नेदरल्यान्ड्स पनि पहलो खेलमा जिम्बाबेसँग ६ विकेटले हारेको थियो।

अमेरिकालाई ५ विकेटले हराएको थियो। आजको खेलमा नेपाललाई हराए नेदरल्यान्ड्स शीर्ष ३ मा रहेर सुपर सिक्समा पुग्नेछ भने नेपालको यात्रा टुंगिनेछ। जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो।

हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निकै महत्त्वपूर्ण यसकारणले मानिएको हो।

Laxmi sunrise bank

प्रकाशित: Jun 24, 2023| 11:35 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्