बिहीबार, माघ २२, २०८२

आईसीसी विश्वकप छनोटः नेपाललाई ३४० रनको लक्ष्य

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो।
 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं–आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो।

National life

वेस्ट इन्डिजका लागि शाइ होप र निकोलास पुरनले उत्कृष्ट ब्याटिङ गरे। होप र पुरनबीच चौथो विकेटका लागि २१६ रनको विशाल साझेदारी भएको थियो। ११५ रन बनाएका पुरनलाई दीपेन्द्रसिंह ऐरीले ४४औं ओभरको अन्तिम बलमा क्याच आउट गरे। पुरनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरका थिए।

अन्तिम ओभरको दोस्रो बलमा आउट भएका होपले १३२ रन प्रहार गरे। उनले १२९ बलमा १० चौका र ३ छक्का हिर्काए।

यसअघि नेपालले वेस्ट इन्डिजका ओनपिङ ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमै आउट गरेको थियो। बलिङमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए।

यस्तै, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र दीपेन्द्रसिंह ऐरी १–१ विकेट लिन सफल भए। पहिलो खेलमा घरेलु टिम जिम्बाबेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।

Laxmi sunrise bank

प्रकाशित: Jun 22, 2023| 16:43 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्