बिहीबार, माघ २२, २०८२

विश्वकप छनोट: वेस्ट इन्डिजसँग भिड्दै नेपाल

यसअघिका २ खेलमध्ये एउटामा जित र अर्कोमा हार बेहोरेको नेपाल आज तेस्रो जित हात पार्न चाहन्छ।
 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबको खेल मैदानमा नेपालले वेस्ट इन्डिजको सामना गर्नेछ। खेल नेपाली समयानुसार मध्याह्न १२:४५ बजे सुरु हुनेछ। 

National life

यसअघिका २ खेलमध्ये एउटामा जित र अर्कोमा हार बेहोरेको नेपाल आज तेस्रो जित हात पार्न चाहन्छ। पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई पराजित गर्‍यो।

वेस्ट इन्डिज २ पटकको एकदिवसीय विश्वकप विजेता हो। नेपालले कुनै पनि विश्वकप विजेतासँग पहिलोपटक खेल्ने अवसर पाएको हो। यस अवस्थाले पनि बिहीबारको खेल नेपालका लागि ऐतिहासिक हुनेछ। 

त्यसो त बलियो टोली वेस्ट इन्डिज नेपाललाई पराजित गरेर सुपर सिक्सको सम्भावनालाई बलियो बनाउन चाहन्छ। वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो। 

समूह चरणको अन्तिम खेलअन्तर्गत नेपालले नेदरल्याण्डस्‌सँग २४ जुन अर्थात् असार ९ गते खेल्नेछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये शीर्ष २ टोली एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्। 

Laxmi sunrise bank

प्रकाशित: Jun 22, 2023| 09:40 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्