काठमाडौं– नेपाल स्क्वास राकेट्स संघले चीनको होङझावमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि ६ खेलाडी चयन गरेको छ।
संघले राउन्ड रोबिन लिगका आधारमा पुरुषतर्फ र महिलातर्फ समान तीन/तीन खेलाडी छनोट गरेको हो।
एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन छन् भने महिलातर्फ विपना ब्लोन, वृmष्णा थापा र स्वस्थानी श्रेष्ठ छन्।
प्रशिक्षकको भूमिकामा हीराबहादुर थापा र टिम व्यवस्थापकमा संघ अध्यक्ष किशोर महर्जन रहेका छन्। एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ। एसियाड आगामी सेप्टेम्बर २३ देखि ८ अक्टोबरसम्म आयोजना हुनेछ।