मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिपः बलियो प्रतिद्वन्द्वी कुवेतसँग खेल्दै नेपाल

साफ च्याम्पियनसिपः बलियो प्रतिद्वन्द्वी कुवेतसँग खेल्दै नेपाल

आयोजक भारतसहित नेपाल, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले साफ च्याम्पियनसिपमा सहभागिता जनाएका छन्।
 |  बुधबार, असार ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

vianetvianet

काठमाडौं– आजबाट भारतको बैंगलोरस्थित कान्तिराव रंगशालामा आठ राष्ट्र सम्मिलित  १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल सुरु हुँदै छ।

उद्घाटन खेलमा नेपालले सबैभन्दा बलियो प्रतिद्वन्द्वी कुवेतको सामना गर्नेछ। आयोजक भारतसहित नेपाल, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएको च्याम्पियनसिपमा दुई दक्षिण एसियाबाहेकका देश पनि सहभागी छन्।

नेपाल रहेको समूह ‘ए’मा कुवेतसँगै भारत र पाकिस्तान पनि छन्। पहिलो दिन आज भारत र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ। साफमा दक्षिण एसियाबाहेकका देश खेलेको पहिलो पटक हो। यो संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्नेछन्।

नेपाल कुवतेविरुद्ध पौने ५ बजे मैदान उत्रनेछ। नेपालले तीन वर्षअघिको साफ फाइनलमा भारतसँग हार बेहोरेकाले यो संस्करणमा साविक उपविजेता हो। च्याम्पियनसिपमा नेपालले दोस्रो खेल ९ असारमा  आयोजक भारतसँग र समूह चरणको अन्तिम खेल १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ।

प्रकाशित: Jun 21, 2023| 12:14 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्