सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विश्वकप क्रिकेट छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले हरायो

जिम्बाब्वेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो।
 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ। जिम्बाब्वेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो। यस जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ।   

triton college

अमेरिकाले जितका लागि दिएको २ सय ८ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफमा नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए। उनले  १ सय १४ बलमा ७ चौका र १ छक्कासहित अविजित ७७ रन बनाएका हुन।    

त्यस्तै दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे। त्यस्तै ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए। अर्का ओपनर आसिफ शेखले १२ रन बनाए।     

कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए। कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए। बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक/एक विकेट लिए।    

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो। अमेरिकाका लागि शायन जाहान्गिरले सर्वाधिक एक सय रनको योगदान दिए। उनले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित एक सय रनको योगदान दिएका हुन्।   

Metro Mart
vianet

सुशान्त मोदनीले ४२ रन बनाए। उनले ७१ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन्। त्यस्तै गजानन्द सिंहले २६ रन बनाए। उनले  ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएका हुन्। जसदिप सिंहले २५ बलमा १२ रन बनाए। 
    
नेपालका लागि करण केसीले ४ विकेट लिए। तेस्तै गुलशन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी २ विकेट तथा ललितनारायण राजवंशीले १ विकेट लिए। 
    
जारी प्रतियोगितामा दुई खेल खेलको नेपालको यो पहिलो जित हो। यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। नेपालले अब आफ्नो तेस्रो खेल यही असार ७ गते वेस्टइन्डिजसँग खेल्नेछ। 
 

प्रकाशित: Jun 20, 2023| 20:45 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्