बिहीबार, माघ २२, २०८२

आईसीसी विश्वकप छनोटः नेपाललाई २०८ रनको लक्ष्य

जिम्बाबेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अल आउट भएको हो।
 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं– अमेरिकाले नेपाललाई आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा २०८ रनको लक्ष्य दिएको छ। जिम्बाबेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अल आउट भएको हो।

National life

अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका शायन जहानगिरले शतक प्रहार गरे। एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका उनले १०० रन जोड्ने क्रममा ७९ बलमा १० चौका र ३ छक्का हिर्काएका थिए।

अमेरिकी ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भए। चारै जनालाई आउट गर्दै केसीले सुरुआती चार विकेट लिएर नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। 

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। केसीले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन खर्चिए। गुल्सन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे। गुल्सनले १० ओभरमा ५२ रन र ५ ओभरमा १५ रन खर्चिए।

एकदिवसीय खेलमा सर्वाधिक छिटो सय विकेट लिने कीर्तिमान बनाएका सन्दीप लामिछाने पछिल्ला दुई खेलमा विकेटविहीन बने।आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज र २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ।

Laxmi sunrise bank

प्रकाशित: Jun 20, 2023| 16:51 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्