बिहीबार, माघ २२, २०८२

टस जितेर अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपाल र अमेरिका भिड्दैछन्। आजको खेलमा टस जितेर नेपालले बलिङ रोजेको छ।

National life

नेपालको टोलीमा एउटा परिवर्तन भएको छ। बलर सोमपाल कामी चोटग्रस्त भएपछि उनी बाहिरिएका छन् भने उनको स्थानमा ललित राजवंशी आएका छन्।

यसअघि घरेलु टोली जिम्बावेविरुद्धको पहिलो खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो। यस्तै, वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा अमेरिका ३९ रनले पराजित भएको थियो। त्यसैले आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

 

प्रकाशित: Jun 20, 2023| 12:51 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्