सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आईसीसी विश्वकपः दोस्रो खेलमा अमेरिकासँग स्पर्धा गर्दै नेपाल

नेपाल पहिलो खेलमा जिम्बाबेसँग ८ विकेटले पराजित भएको छ भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले हारेको छ। 
 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं– नेपालले आईसीसी विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा आज अमेरिकासँग खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे जिम्बाबेको ताकासिंगा स्पोर्ट्स क्लबमा हुने तय भएको छ। 

triton college

आजको खेलमा नेपाल र अमेरिका दुवै टोली पहिलो जितका लागि प्रयत्नशील हुनेछन्। नेपाल पहिलो खेलमा जिम्बाबेसँग ८ विकेटले पराजित भएको छ भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले हारेको छ। 

नेपाल र अमेरिकाबीचको ६ खेल आईसीसी विश्वकप लिग २ मा भएको थिए। नेपाल र अमेरिकाबीच अहिलेसम्म ३ ओडीआई खेल भएको छ।  नेपालले ३ खेलमा जित, २ मा हार र एक खेल बराबरीमा सकिएको छ। 

विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई रहेका छन्।

प्रकाशित: Jun 20, 2023| 10:55 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्