बुधबार, कात्तिक १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फाइभ नेसन्स बास्केटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

फाइभ नेसन्स बास्केटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

Kumaribank

माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित  गर्दै जित निकालेको हो। नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार  पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो।

यो जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै एक खेल अघि नै सेमिफाइनलमा पुगेको हो । ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रह्यो।  समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा छ। 

यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा छन् भने ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ। 

शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ। 

Metro Mart

प्रकाशित: Jun 19, 2023| 08:52 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्