सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आईसीसी विश्वकप छनोट : जिम्बाब्बेसँग नेपाल पराजित

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल नेपाल घरेलु टोली जिम्बाब्बेसँग ८ विकेटले पराजित भएको छ।

triton college

आइतबार जिम्बाब्बेको हरारेमा भएको खेलमा नेपालको दिएको २९१ रनको लक्ष्य जिम्बाब्बेले ४४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो। जिम्बाब्बेका लागि दुई खेलाडीले शतक बनाए। कप्तान क्रेग एर्विन र सेन विलियमले शतक बनाएका हुन्। एर्विनले १२८ बलमा १२१ रन र विलियमले ७० बलमा एक सय दुई रन बनाएका हुन्। त्यस्तै जोयलर्ड गुम्बिले २५, विस्लि माधिवेरीलाई ३२ रन बनाए।नेपालका सोम्पाल कामी र गुलशन झाले १–१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल शतक बनाउन चुके। उनलेले ९५ बलमा ९९ रन बनाए। भने आसिफ शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए।

पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए। यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो।

कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे। कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए।मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए। गुलसन झाले १३ बलमा १३ रन बनाए। आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए। नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो।

Metro Mart
vianet

जिम्बाब्बेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए। ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १–१ विकेट आफ्नो नाम गरे। समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ।

प्रकाशित: Jun 18, 2023| 20:37 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्