आइतबार, वैशाख २८, २०८२

बालेनको अल्टिमेटम सकिँदै, रोक्लान् 'आदिपुरुष' को प्रदर्शन?

बालेनले भनेअनुसार फिल्म 'आदिपुरुष'को डाइलग सच्चिएको छैन। आजसम्म त फिल्म निर्वाध चलिरहेको छ तर भोलिबाट के हुने निश्चित छैन। भोलिबाट हिन्दी फिल्म काठमाडौंमा चल्छन् कि चल्दैनन् भन्नेबारे बालेनले अहिलेसम्म बोलेका छैनन्।
 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

काठमाडौं- नेपालमा पनि दक्षिण भारतीय फिल्मको जबर्जस्त क्रेज छ। पछिल्लो समय आएका पुष्पा, आरआरआर, केजीएफ च्याप्टर टु नेपाली दर्शकले पनि निकै रुचाए। बजार देखिएपछि वितरकहरुले पनि मोटै रकम तिरेर साउथ इन्डियन फिल्म नेपाल ल्याउन थाले।

triton college

यस्तै प्रतिक्षितमध्येको एक थियो 'आदिपुरुष'। प्रभास स्टारर आदिपुरुषको प्रतीक्षामा थुप्रै दर्शक थिए। तर, यो फिल्म भने विवादित बन्यो। कारण- रामायणमा आधारित यो फिल्मको एउटा डाइलगमा गलत तथ्य प्रस्तुत गरियो। फिल्म रिलिज हुने अघिल्लो दिन सेन्सर बोर्डले विवादित डाइलग हटाउन निर्देशन दिँदै प्रमाणपत्र दिएन। केही घण्टामै वितरकले डाइलग हटाउन लगाएर प्रमाणपत्र हात पारे।

फिल्म प्रदर्शनमा त आयो तर लफडा सकिएको छैन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको डाइलग हटाएर मात्र नपुग्ने बरु सच्याउनुपर्ने नत्र कुनै पनि हिन्दी फिल्म नेपालमा चल्न नदिने चेतावनी दिए। यसका लागि उनले तीन दिनको समय दिए। उनले फेसबुकमा लेखेका छन्, 'दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन।’

बालेनले दिएको यो अल्टिमेटम आज सकिँदैछ। उनले भनेअनुसार डाइलग सच्चिएको छैन। आजसम्म त आदिपुरुष निर्वाध चलिरहेको छ तर भोलिबाट के हुने निश्चित छैन। भोलिबाट हिन्दी फिल्म काठमाडौंमा चल्छन् कि चल्दैनन् भन्नेबारे बालेनले अहिलेसम्म बोलेका छैनन्। तर बालेनले बल प्रयोग गरेर काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको समाचारहरु आइरहेका छन्।

महानगर स्रोत पनि भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र चल्न नदिइने बताउँछ। यसका लागि नगर प्रहरी खटिनेछन्।

National life insurance

बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचारसमेत गरेका थिए। मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन।

आदिपुरुषका लेखक मनोज मुन्तशिरले  आजतक टिभीमा अन्तर्वार्ता दिँदै नेपाल पहिले भारतकै एउटा हिस्सा रहेको विवादित अभिव्यक्ति दिएका छन्। उनले चलचित्रमा आफ्नो तर्फबाट भएको कमजोरी स्वीकार गरेका छैनन्। अन्तर्वार्तामा उनले भनेका छन्, ‘भारत र नेपाल अलग देश हुन् तर अलग राष्ट्र होइनन्। नेपाल १९०३ सम्म भारतकै हिस्सा थियो। जानकी भारतकै छोरी हुन्।’

नेपालको सेन्सर बोर्डले सीतालाई भारतकी छोरी भनिएको संवादबाट ‘भारत’ शब्द म्युट गरेर ‘आदिपुरुष’ लाई प्रदर्शनको अनुमति दिएको थियो। अहिले काठमाडौं लगायत देशभरका हलमा आदिपुरुष चलिरहेको छ।

संसद्‍मा पनि चर्चा
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादले संसद्‍मा समेत प्रवेश पाएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यो घटनालाई गम्भीर रुपमा लिनुपर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराए।

फिल्ममा समावेश गरिएको संवादले नेपालीको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि आक्रमण गरेको भन्दै सांसद शाहले काठमाडौंका मेयर बालेनको अभिव्यक्तिको समर्थन गरे। ‘परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भीर रुपमा लिनुपर्छ। नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरु भावनात्मक नै किन नहुन् सरकारले सम्बोधन नगरेपछि विभिन्न निकाय र जनस्तरबाट अहिले देखिएको जस्तो प्रतिक्रिया देखिनु स्वाभाविक हो,’ उनले भने।
शाह फिल्म निर्देशक तथा कलाकारसमेत हुन्।

नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भारतले पछिल्लो समय ‘आदिपुरुष’ सिनेमामार्फत ‘सीता भारतकी छोरी’ भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको बताए। यसबारे स्पष्ट हुन उनले सरकारलाई आग्रह पनि गरे। उनले भने, '...अहिले फेरि यो आदिपुरुष सिनेमाको नाममा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन, त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तर्वार्तामार्फत अभिव्यक्ति दिइराखेका छन्। नेपाल सरकार के गर्दैछ?'

 

प्रकाशित: Jun 18, 2023| 16:38 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।
वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।