सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जिम्बाब्बेलाई नेपालको २९१ रनको  लक्ष्य

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- विश्वकप क्वालिफायरको उद्घाटन खेलमा नेपालले घरेलु टिम जिम्बाब्बे लाई २९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो।

triton college

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे। यो जोडीले २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान विरुद्ध ११४ रनको साझेदारी गरेको थियो।

कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके।  जिम्बाब्बेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे। ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए।

तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे। कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए।

Metro Mart
vianet

प्रकाशित: Jun 18, 2023| 16:35 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्