आइतबार, असोज १८, २०८३

जिम्बाब्वेविरुद्ध ब्याटिङ गर्दै नेपाल

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल ब्याटिङ गर्दै छ। घरेलु टोली जिम्बाब्वेले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो।

नेपालको ‘प्लेइङ–११’ मा रोहित पौडेल, कुशल भुर्तेल, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सोमपाल कामी, करण केसी र गुल्सन झा छन्। नेपालका लागि कुशल भुर्तेल र आशिफ शेख ब्याटिङ शुरू गरेका छन्।

दश टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड छन्।

 

प्रकाशित: Jun 18, 2023| 12:55 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्