NadaNada
शुक्रबार, भदौ ६, २०८२

धनुषाको एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet
Metro Mart

धनुषा- धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए। 

स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा आज बिहान आगलागी हुँदा रू एक करोड बढीको क्षति भएको उनले जानकारी दिए। 

प्रहरीलाई बिहान ३:३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुणयन्त्र मगाई आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताए। उनले समयमै जानकारी भएकाले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको उनको भनाइ थियो।
 

प्रकाशित: Jun 15, 2023| 15:32 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्