सर्लाही, कबिलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा बा.१४ च ९२०० नम्बरको कारको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय सोनेलाल राय यादवको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकमा बीआर ३० एस ९७३९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको टेम्पुले बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१२ बस्ने ५५ वर्षीय रामपदार्थ चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै एलेक्स न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार टेम्पु चालकको प्रहरीले खोजी गरिरहेको छ।
गोरखा, गोरखा सिरान्चोक गाउँपालिका-३ थानेस्वाँरास्थित सडकमा ग.१ ख ६४६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया पुतली सर्कीनीको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।
करेन्ट लागेर मृत्यु
मकवानपुर, बकैया गाउँपालिका-८ गोठडाडा बस्ने ६० वर्षीय खर्क बहादुर थिङ र सोही ठाउँ बस्ने ५० वर्षीय पूर्ण बहादुर लो को करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ। बकैया गाउँपालिका-८ तल्लोबिरेफाँटस्थित मकै बारीमा लत्रिएको बिजुलीको तारलाई पोल गाडी उठाउन फलामको खन्तीले खाडल खन्ने क्रममा करेन्ट लाग्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
काठमाडौं, नागार्जुन नगरपालिका-५ हरिसिद्दिस्थित स्पार्कलिङ्क ड्रिंकिङ् वाटर प्रालिमा काम गर्ने सिरहा बरियारपट्टी नगरपालिका-८ शिवनगर घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ हरिसिद्दि बस्ने ४३ वर्षीय मोध नारायण यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ। काम गर्नै क्रममा विद्युतको मिटरसँगै रहेको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो।
मृत फेला
डडेलधुरा, गन्यापधुरा गाउँपालिका-१ भत्काँडा बजारदेखि करिब १ सय मिटर टाढा सोही ठाउँ बस्ने ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेका छन्।
सिन्धुली, दुधौली नगरपालिका-१ डाँडाटोलस्थित मामा घरमा विगत १ महिनादेखि बस्दै आएका काभ्रे घर भएका अनिश भुजेलको छोरा ५ वर्षीय मनिस भुजेल सोही ठाउँस्थित बिचित्रखोलाको ढुग्रेदहमा बुधबार मृत अवस्थामा फेला परेका छन्। बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला पारेको हो।