शुक्रबार, साउन २९, २०८३

वानएक्स–बेट प्रकरणः कलाकार ‘बल्छी ध्रुवे’सहित आठ जना पक्राउ

वानएक्स–बेटमा विज्ञापन गरेको आधारमा सोधीखोजी गर्न बल्छी ध्रुवेसहितका आठ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। 
 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं– प्रहरीले वानएक्स–बेट प्रकरणमा कलाकार मरीचमान श्रेष्ठ बल्छी ध्रुवेसहित आठ जनालाई सोधपुछका लागि पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

वानएक्स–बेटमा विज्ञापन गरेको आधारमा सोधीखोजी गर्न बल्छी ध्रुवेसहितका आठ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले वानएक्स बेटको विज्ञापन गर्ने अन्य कलाकारमाथि पनि अनुसन्धान थालेको बताएको छ।

बुधबार प्रहरीले सट्टेबाजी अभियोगमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। उनीहरुले ७४ करोडभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो।

प्रकाशित: Jun 15, 2023| 12:33 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्