NadaNada
शुक्रबार, भदौ ६, २०८२

भट्टेडाँडा र सिस्नेरी पहिरोले दुई राजमार्ग अवरुद्ध

ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोवर सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।
 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet
Metro Mart

काठमाडौं– राजधानी काठमाडौंलाई जोड्न कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएका छन्। पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने दुई राजमार्ग अवरुद्ध भएका हुन्।

बुधबार रातीको अविरल झरीपछि गएको पहिरोले राजमार्ग अवरुद्ध भएका हुन्। ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोवरस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।  दुवै सडकमा पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।

प्रकाशित: Jun 15, 2023| 10:59 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्