NadaNada
शुक्रबार, भदौ ६, २०८२

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरू

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

काठमाडौं- संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको थियो। कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।

लामो समयदेखि कार्यबहाक प्रधानन्यायधीशको जिम्मेवारीमा रहेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधीशमा सिफारिस गरिएको थियो। उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ। उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो।

बुधबार बसेको समिति बैठकले केहि उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाईका लागि बिहीबार कार्कीलाई समितिमा बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

उनले जननिर्वाचित प्रतिनिधि संस्थाको बैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने भएकाले उजुरीकर्ताको छलफलपछि कार्कीलाई सुनुवाईका लागि बोलाउने निर्णय गरिएको बताए।

त्यसअघि बैठकमा उजुरीकर्ताहरुको छलफलका क्रममा विवाद भएको थियो। उजुरीकर्तामध्ये केहिले सामूहिक रुपमा नै समितिमा जान पाउनुपर्ने माग राखेका थिए भने केहिले समितिको बैद्यानिकतामाथि नै प्रश्न उठाएका थिए।

Metro Mart

संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। बिहीबार सुनुवाई समितिले कार्कीको नाम अनुमोदन गरे राष्ट्रपतिबाट नियुक्ति गर्ने बाटो खुल्नेछ।

प्रकाशित: Jun 15, 2023| 09:05 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्