काठमाडौं- हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्यांगसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।