NadaNada
शुक्रबार, भदौ ६, २०८२

वन अतिक्रमण गरेर बनाइएका घर मेलौली नगरपालिकाले भत्कायो

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

बैतडी- बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ। मेलौली नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमण गरेर बनाइएका २७ घर भत्काइएको हो।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार मेलौली-७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका घर डोजर प्रयोग गरी भत्काइएको हो।

वन कार्यालयले यसअघि पटक पटक ती संरचना हटाउन  सूचना जारी गर्दैआएको थियो। उनले भने, ‘सूचनाको अवज्ञा गरेपछि अतिक्रमण गरी बनाएका घर भत्काएका हौँ।’

जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षाकर्मीको टोलीले अवैध संरचना हटाएको हो। स्थानीयले वन अतिक्रमण गरी किराना पसल, हार्डवेयर पसल र मिलसमेत सञ्चालन गरेका थिए।

जिल्लाका अन्य स्थानमा पनि सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइने डिभिजन वन कार्यालयले जनाएको छ।

Metro Mart

प्रकाशित: Jun 14, 2023| 21:44 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्