NadaNada
शुक्रबार, भदौ ६, २०८२

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ। बुधबार उजुरीकर्ताहरूसँग छलफल गरेपछि बिहीबार कार्कीलाई बोलाउने निर्णय भएको हो।

समितिको पछिल्लो बैठकको नेतृत्व गरेका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बिहान ८ बजे प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई आफ्ना कार्ययोजना प्रस्तुत गर्नका लागि बोलाउने निर्णय गरिएको जानकारी दिए। बुधबार ७ जना उजुरीकर्तासँग उजुरीबारे एक्लाएक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको थियो।

आजको बैठकमा उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिस्कार गरेका थिए। सुरुमा सामूहिक रुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उजुरीकर्ताहरूले पछि समितिको वैधतामाथि प्रश्न उठाएका हुन्। उजुरीकर्ताहरूसँग कसरी छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा उनीहरू बाहिरिएका थिए।

बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो। समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएको थियो। सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो।

 

Metro Mart

प्रकाशित: Jun 14, 2023| 16:57 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्