NadaNada
शुक्रबार, भदौ ६, २०८२

सट्टेबाजीमा ७४ करोड कारोबार गर्ने पाँचजना पक्राउ

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

काठमाडौं- बेटिङ र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न पाँचजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध कार्यालयको टोलीले बुधबार वान एक्स बेटबाट बेटिङमा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

काठमाडौंका विभिन्न ठाँउबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीका अनुसार उनीहरूले ७४ करोड १३ लाख ५० हजार ७ सय ७१ रुपैयाँ कारोबार गरेका छन्।

पक्राउ पर्नेमा दिनेश खड्का, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछाने र अनिता धिताल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वानएक्स बेटबाट सट्टेबाजी गर्नेमध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेशले मात्रै ६४ करोडभन्दा बढीको कारोबार गरेको देखिएको छ। अनिता, दीपेश, दिनेश र आशिषले पनि करोडौंको कारोबार गरेको देखिएको छ। पक्राउ परेका लामिछानेबाट ३५ लाख नगद पनि बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूबाट अवैध सट्टेबाजी र क्रिप्टोकरेन्सीको कारोबार गर्ने प्रमाणहरू फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Metro Mart

 

प्रकाशित: Jun 14, 2023| 15:09 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्