NadaNada
शुक्रबार, भदौ ६, २०८२

पूर्वबाट भित्रियो मनसुन

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

नेपालमा मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पूर्वबाट मनसुन नेपाल प्रवेश गरेको हो।

कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा  मनसुन आइपुगेको जानकारी महाशाखाले दिएको छ।

मनसुन जेठ २६ गते भारतको केरला पुगेको थियो। त्यहाँबाट नेपालमा पाँच दिनपछि आइपुगेको हो। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ। यसपालि एक दिन ढिला गरी मनसुन प्रवेश गरेको महाशाखाले जनाएको छ।

मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभर फेलिन केही दिन लाग्छ।

प्रकाशित: Jun 14, 2023| 14:40 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्