गोरखा नगरपालिका-८ ढुंगागाढेमा यात्रुवाहक बस दुर्घटना भएको छ। नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये दुईजना गम्भीर छन् र उनीहरुलाई भरतपुर मेडिकल कलेज लगिएको छ। १० जनाको भने गोरखा अस्पतालमा उपचार भइरहेको छ।
बसमा १५ जना सवार थिए। बसको ब्रेक फेल भएर भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।