बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अपडेट : रगत र एक्स–रे रिपोर्ट सकारात्मक

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अपडेट : रगत र एक्स–रे रिपोर्ट सकारात्मक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-छात्तीमा संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । 

मंगलबार बिहान गरिएको रगत परिक्षण तथा छात्तीको एक्स-रेलगायतको रिर्पोट सकारात्मक भएकाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । 

प्रधानमन्त्रीको मंगलबार १० बजेसम्मको अस्पतालले दिएको स्वास्थ्य अपडेट


सोमबार बिहान अस्पताल भर्ना भएका ओलीको स्वास्थ्य उपचारका लागि प्राध्यापक डाक्टर प्रकाश सायमी नेतृत्वमा प्राध्यापक डाक्टर दिव्या सिंह शाह तथा डा सन्तकुमार दाससम्मिलिट टोलीले उपचार गरिरहेको छ ।

प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।