शनिबार, मंसिर २३, २०८०

नमोबुद्धमा तीनदिने ग्रामीण चलचित्र महोत्सव हुँदै

 |  मंगलबार, जेठ १६, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काभ्रे- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा तीनदिने ग्रामीण चलचित्र महोत्सवको आयोजना गरिने भएको छ। ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नमोबुद्धमा यही जेठ अन्तिम साता उक्त महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन्।

sagarmatha cement

चलचित्र विकास बोर्डको सहयोगमा सेलिब्रेटी नेपाल नामक संस्थाले आयोजना गर्न लागेको उक्त महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ चलचित्र तथा ‘डकुमेन्ट्री’ को प्रदर्शनीसमेत गरिने छ। यही जेठ २५, २६ र २७ गते खुलारूपमा चलचित्र प्रदर्शन गरिने संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनका अनुसार ग्रामीण मानिसलाई ग्रामीण परिवेशका चलचित्र देखाउने अर्को उद्देश्य हो। 

महोत्सवमा प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड प्रदान गरिने उनले बताए। साथै महोत्सवमा सरोकारवालाबीच ग्रामीण परिवेशमा आधारित चलचित्रका समीक्षासमेत गरिने योजना बनाइएको छ। 

संस्थाले यसअघि गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सवको आयोजना गरेको थियो। महोत्सव आयोजनाले स्थानीयलाई मनोरञ्जनसँगै चलचित्रप्रतिको चासो तथा सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र नमोबुद्धमा चलचित्र छायांकनमा आकर्षण बढ्ने विश्वास गरिएको छ।

प्रकाशित: May 30, 2023| 08:09 मंगलबार, जेठ १६, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।