आइतबार, साउन ३१, २०८३

अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

डोटी-  असल अभ्यासको आदान–प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ।  सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा हालै सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखका सहभागिता रहेको थियो। 

बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदान–प्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा ब्यापक छलफल भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। 

जिल्ला प्रशासन कार्यालय डोटीद्वारा आयोजित सो बैठकमा राजमार्ग सञ्चालन, अन्तर जिल्लास्तरीय शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अवैध हातहतियार तथा लागुऔषध नियन्त्रण, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अन्तर जिल्लामा एकापसमा समन्वय, सहकार्य र सहजीकरणका बारेमा छलफल गरिएको समेत प्रजिअ उनले जानकारी दिइन्।
 

प्रकाशित: May 30, 2023| 07:37 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।