आइतबार, मंसिर २१, २०८२

बझाङमा फेरि भूकम्प

 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।

National life

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन तथा १२:२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो।

गत मंगलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। सोही दिन दोस्रो पटक ३:०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३:१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३:४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। सयौँ घरमा क्षति पुगेको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रकाशित: Oct 06, 2023| 07:20 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।