शनिबार, वैशाख ६, २०८२

धनगढीमा भएको आगलागीमा १८ करोडको क्षति

 |  शनिबार, मंसिर २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

vianetvianet

धनगढीमा शनिबार मध्य राति भएको आगलागीबाट करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। विद्युत् सर्ट भई भएको आगलागीबाट १७ करोड ९७ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

triton college

सारथी अस्पताल प्रालीको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनीकको ३० लाख, सुदिक्षा इन्टरप्राइजेजको एक करोड २० लाख, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबी सपको ९० लाख, खाद्य गोदामको चार करोड बराबरको भौतिक संरचनामा क्षति भएको छ भने दुई लाख २० हजार रुपैयाँ बराबरको कर्मचारीको स्कुटर जलेर नष्ट भएको छ।

धनगढी उपमहानगरपालिका, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले निरीक्षण गरेका छन्। आगलागीबाट क्षति पुगेको संरचनाहरूको निरीक्षण गदै मन्त्री देउवाले प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वास पनि दिएका हुन्।

आइतबार मुख्यमन्त्री कमल बहादुर शाहले व्यापारीहरूसँग छलफल राखेका छन्।

National life insurance

प्रकाशित: Nov 18, 2023| 20:39 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।
खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।