शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • मधेस
  • जनकपुरका वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरका वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet
triton college
National life insurance

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा समातिएका जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो। 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो । 
 

प्रकाशित: May 26, 2023| 13:45 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्