बिहीबार, जेठ १८, २०८०

अरुण तेस्रो आयोजनामा छुट जग्गाको मुआब्जा निर्धारण

अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा सडक खण्डमा पर्ने जग्गाको छुट मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजार कायम गरिएको हो।
 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

संखुवासभा– संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदिङ–पुखुवा सडक खण्डको जग्गा छुट मुआब्जा दर निर्धारण गरिएको छ। अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा (०–२४ किलोमिटर) सडक खण्डको जग्गा छुट मुआब्जाको दर निर्धारण भएको हो।

Everest Bank

सरकारले जग्गा अधिग्रहण गरेको करिब १४ वर्षपछि स्थानीयले जग्गाको मुआब्जा पाएका हुन्। स्थानीयले लामो समयदेखि मुआब्जाको माग राख्दै आन्दोलन गरेपछि सरकारले मुआब्जा दिन छुट जग्गाको यकिन विवरण र अन्यसम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो।

१ चैत २०७५ मा संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा आयोजना प्रवेशमार्ग छ्याङकुटी–दिदिङ अन्तर्गत छुट जग्गाको यकिन विवरण र अन्य समस्यासम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदल निर्माण गरिएको थियो। छ्याङकुटी–दिदिङ–पुखुवा क्षेत्रको मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ रहने गरी निर्धारण गरिएको छ।

केही दिनअघि जिल्ला मुआब्जा दर निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की संयोजकत्वको बैठकले मुआब्जा दर निर्धारण गरेको हो। जिल्लास्थित जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवालाबीच पटक–पटकको छलफलपछि दर निर्धारण गरिएको हो।

चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करिब २ सय घरपरिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजना स्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको थियो।

National life insurance
Metro Mart

२०४६ मा मुआब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वामित्वमा लगतकट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएकाले पछि २०६६÷६७ मा लगतकट्टा हुँदाको छुट जग्गाको मुआब्जा अधिग्रहण गर्ने सूचना प्रकाशन भएको थियो। सोही सूचनाका आधारमा आवेदन परेकाबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले ४५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको छ। छ्याङकुटीदेखि विद्युत्गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले पटक–पटक माग गर्दै आएका थिए।

मुआब्जा दर निर्धारण भएसँगै स्थानीय खुसी भएका छन् भने अवरोध भइरहेको अरुण तेस्रोको काम सहज रूपमा हुने अपेक्षा लिइएको छ।संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणाधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत गृह निर्माण भइरहेको छ।

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम भारतीय सतलज कम्पनी एसजेभिएनले गरिरहेको छ। आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ हुने अनुमान छ।

प्रकाशित: May 26, 2023| 12:13. 00 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्