बिहीबार, भदौ ४, २०८३

चौंरीगाईको ५ सय ५६ वटा पुच्छरसहित ४ जना पक्राउ

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- महोत्तरीको जलेश्वर नगरपालिका-३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिब २८ लाख ३० हजार रुपैयाँ बराबरको ५ सय ५६ वटा चौंरीगाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने विकासकुमार महतो, धादिङ जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय उमेशबहादुर बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० वर्षीय सुमन मानन्धर र धनुषा जिल्लाको हंसपुर नगरपालिका ४ बस्ने ३७ बर्षिय मोहमद अजिन रहेका छन्।

काठमाडौंबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा चौंरीगाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ। सो बससमेत आवश्यक छानविनको लागि सोही शाखामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
 

प्रकाशित: May 10, 2023| 18:50 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्