शनिबार, वैशाख १५, २०८१

दर्शकले रुचाए कमेडी फिल्म

नेपालमा पनि हास्य विधाका टेलिशृङ्खला, प्रहसन र चलचित्र दर्शकको रोजाइमा पर्ने गरेका छन्। गत वर्ष प्रदर्शन भएका सफल हुनेमा अधिकांश हास्यव्यङ्ग्यलाई प्राथमिकता दिइएको नेपाली चलचित्रका छन्।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

सन् १९९८ मा भारतका एक वरिष्ठ चिकित्सकको पहलमा मनाइन थालिएको विश्व हाँसो दिवसलाई त्यसयता विविध कार्यक्रम गरेर मनाइने गरिन्छ। 

triton college

नेपालमा पनि हास्य विधाका टेलिशृङ्खला, प्रहसन र चलचित्र दर्शकको रोजाइमा पर्ने गरेका छन्। गत वर्ष प्रदर्शन भएका सफल हुनेमा अधिकांश हास्यव्यङ्ग्यलाई प्राथमिकता दिइएको नेपाली चलचित्रका छन्। गत वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन्। यी बाहेक ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘झिङ्गेदाउ’ पनि हास्य विधामै रहेको चलचित्र हो। उल्लिखित चलचित्रले घरेलु बजारबाट नै मुनाफा कमाएका छन्।

यो नेपाली चलचित्रमा अहिले हास्यविधालाई दर्शकले रुचाएको भन्न सकिने उदाहरण हो। निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन्। ‘कबड्डी ४ ः द फाइनल म्याच’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ। गत वर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ ले ५१ दिन मनायो। यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन्।

कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन्। ‘तीतो–सत्य’ टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा’को तीनै ‘सिरिज’ले राम्रो व्यापार गरिसकेको छ। यसले नेपाली चलचित्रको सफलतामा हास्यव्यङ्ग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ। 

'बक्स अफिसलाई हेर्दा समेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चश्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ। सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ', निर्देशक प्रदीप भट्टराईले भने। उनले निर्देशन गरेको चलचित्र ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ ले पनि राम्रो व्यापार गरेका छन्। हास्यशैलीलाई कलात्मकरूपमा प्रस्तुत गर्ने भएकाले उनीसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ। उनले यो सफलतालाई परिवर्तनको रूपमा हेर्छन्। 

corrent noodles
Metro Mart

'चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो। हास्य कलाकारको काम नै हँसाउने हुन्थ्यो। तर अहिले हास्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ', निर्देशक भट्टराईले भने, 'यद्यपि हामी सचेत हुनुपर्छ। दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन। जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व त्यति नै बढ्छ।'

हास्य टेलिशृङ्खलामा दर्शकको रोजाइमा परिरहँदा अभिनेता दीपकराज गिरीले त्यो समूहलाई ठूलो पर्दामा ल्याए। त्यो प्रयास ‘छ एकान छ’ मा सफल भयो। त्यसपछि त्यो समूहले निर्माण गरेको सम्पूर्ण चलचित्र ५१ दिनको यात्रा तय गर्न सफल भएका छन्। 'हामीले व्यापारभन्दा पनि दर्शकको मायालाई केन्द्रमा राखेर चलचित्र निर्माण गर्यौं। त्यही कारण हुनसक्छ हामी सफल भइरहेका छौँ', अभिनेता गिरीले भने।
 
टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल छन्। उनीहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन्। 

अभिनेता किरण केसीले दर्शकको रोजाइमा हास्य विधा सदैव रहिरहेको बताए। 'नेपालमा हास्य कार्यक्रमहरू धेरै नै हुन्छन्। हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन्। देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन्। यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो', उनले भने, 'हाम्रो कामले एकैछिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ। त्यसैले हाम्रो कामलाई शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन्।' 

निर्देशक भट्टराईले हास्यव्यङ्ग्य विधामा चलचित्र बनाइरहेकाहरू अझै मेहनती हुनुपर्ने बताए। 'हामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ। यसले चुनौती थपेको छ', उनले भने, 'टेलिचलचित्र अहिले निकै कम छन्। कुनै समय हरेक दिन हास्यविधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए। जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए। अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनुहुँदैन।' उनले विषयवस्तु चयन, प्रस्तुतिकरण, कलाकारको छनोटलगायतका विषयमा विशेष ध्यान दिइरहेको बताए। 

प्रकाशित: Apr 29, 2023| 07:00 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्