बिहीबार, चैत १९, २०८२

बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने

 |  शनिबार, कात्तिक ८, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०८२

काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन्।

National life

मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन्।

नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ। २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ।

थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो। ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ। साउदी अरेबियाले पहिलोपटक भाग लिँदैछ। नेसनल कस्ट्युम र प्रारम्भिक प्रतिस्पर्धा १९ नोभेम्बरदेखि सुरु हुने जनाइएको छ। 

गत असोजमा ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेसँगै २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरेकी थिइन्। ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ।
 

kumari

प्रकाशित: Oct 25, 2025| 16:31 शनिबार, कात्तिक ८, २०८२
प्रतिक्रिया दिनुहोस्