शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उवा महासंघको वस्तुगततर्फको मतगणना सकिँदा को-को भए निर्वाचित?

उवा महासंघको वस्तुगततर्फको मतगणना सकिँदा को-को भए निर्वाचित?

उद्योग वाणिज्य महासंघमा आज भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मतगणना सकिएको छ।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- उद्योग वाणिज्य महासंघमा आज भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मतगणना सकिएको छ।

National life

कुल १४ जना सदस्यका लागि २८ जना चु्नावी प्रतिस्पर्धामा थिए। यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन्।

बस्तुगतमा उमेशलाल श्रेष्ठको टिमको वर्चस्व रहेको छ। उमेशलालको प्यानलबाट ८ जनाले जितेका छन्। 

यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। उमेशलाल श्रेष्ठ समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित भएका हुन्। 

कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए भने अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाए। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मतमात्र पाएका छन्। 

यी हुन् बस्तुगत तर्फका विजयीहरू

अरनिको राजभण्डारी– ७६

कमला श्रेष्ठ – ६६

डा. सुबोध कुमार गुप्ता – ७५

नरेशलाल श्रेष्ठ– ९१

नानीराज घिमिरे– ७२

पशुपतिदेव पाण्डे– ६५

भक्तबहादुर हमाल– ७२

मनोज अधिकारी– ६७

रविन पुरी– ७४

राजकुमार कार्की राजु– ६२

लिनेप्रसाद प्रधान– ८९

शिव प्रसाद घिमिरे– ८१

शोभा ज्ञावाली– ७२

हरिबहादुर कार्की– ८२

प्रकाशित: Apr 13, 2023| 07:30 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्