शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उवा महासंघ जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

उवा महासंघ जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

National life

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्पन्न निर्वाचन अन्तर्गत जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्यले जित हासिल गरेका छन्। उनले रामचन्द्र संघई समूहबाट ४३ मतका साथ चुनाव जितेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी अरुण सुमार्गीले ३७ मत पाएका छन्। यस्तै, जिल्ला नगरतर्फका अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मतमात्र पाए। 

कुल ११७ मत रहेको यो समूहमा ३ जनाको प्रतिस्पर्धा थियो। वैद्य नेपाली कांग्रेस निकट व्यवसायी हुन्। गत मंसिरको निर्वाचनमा उनी  बागमती प्रदेशबाट समानुपातिक सांसदको सूचीमा पनि थिए कांग्रेसबाट।
 

प्रकाशित: Apr 13, 2023| 05:37 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्