शनिबार, जेठ २, २०८३

घट्यो डिपोजिटको ब्याजदर

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- वाणिज्य बैंकहरुले निक्षेप अर्थात् डिपोजिटको ब्याजदरमा कटौती गरेका छन्। यही वैशाख १ गतेबाट लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झर्न लागेको हो। यो दर अहिले ११ प्रतिशत छ।

National life

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। संस्थागत बचतकर्ताको निक्षेपको ब्याजदर ७.९९ भने प्रतिशतमा झरेको छ।  

साधारण बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरिएको छ। अहिले बचतकर्ताले ६ देखि ८ प्रतिशत ब्याजदर पाउँदै आएका थिए।

ब्याजदर चर्को भएको भनेर सर्वत्र आलोचना भइरहेका बेला संघले ब्याजदर घटाउने निर्णय गरेको हो। निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याज पनि सस्तिनेछ। पुरानो कर्जाको ब्याजदर भने साउनपछि मात्रै घट्नेछ।
 

प्रकाशित: Apr 12, 2023| 12:50 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्