शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज मतदान जारी रहेको छ।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज मतदान जारी रहेको छ। कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको भवनमा बिहान आठ बजेदेखि साँझ चार बजेसम्म मतदानको समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले बताए। 

National life

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले चन्द्रप्रसाद ढकाल अध्यक्ष हुँदै छन्। वरिष्ठ उपाध्यक्षसहित तलका पदमा उद्यमी–व्यवसायीहरूबीच प्रतिस्पर्धा हुँदै छ।

 वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा छन् । महासंघको ५७औँ वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्न लागेको हो।

अञ्जनको समूहबाट जिल्ला–नगर उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान र एसोसिएट उपाध्यक्षमा भरत आचार्य उम्मेदवार छन्।

प्रकाशित: Apr 12, 2023| 10:50 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्