बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उर्जा मन्त्रीलाई बुझाइयो सिक्टा सिंचाईको प्रतिवेदन

उर्जा मन्त्रीलाई बुझाइयो सिक्टा सिंचाईको प्रतिवेदन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वहुप्रतिक्षित राष्ट्रिय गाैरव सिक्टा सिंचाई आयोजनाको प्रतिवेदन बुझाइएको छ । सिक्टा सिंचाकई आयोजनाको मुल नहरमा देखिएका समस्याका सम्बन्धमा गठित छानविन समितिले शुक्रबार उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको हो ।
 
मन्त्रायलयकाअनुसार आइतबार पत्रकार सम्मेलन गरि प्रतिवेदन सम्बन्धमा जानकारी गर्नुको साथै सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।

सिक्टा सिंचाईको मुल नहरमा देखिएका समस्याको वास्तविकता पत्ता लगाउन पछिल्लो समय छानविन समिति बनाइएको थियो ।

आयोजना परीक्षणकै क्रम साउनमा पटक–पटक नहर भत्किएपछि तत्काल समिति गठन गरिएको थियो । 

ऊर्जा मन्त्री पुनले उक्त सिक्टा सिंचाई आयोजनामा भएको बदमासी छानविनका लागि साउनमा उच्चस्तरीय समिति गठन गरेका थिए ।  

सिंचाई मन्त्रालयका सहसचिव सुशिलचन्द्र तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिलाई १५ दिनभित्र सिक्टा आयोजनामा भएको बदमासीबारे प्रतिवेदन बुझाउन भने पनि ढिलो गरी प्रतिवेदन आएको छ । 

उक्त नहर कालिका कन्स्ट्रक्सनले मर्मत गरेको बताइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्