शुक्रबार, जेठ १, २०८३

अडियो प्रकरणपछि रविले भने- कुहिएको आलु फालेर बोरा जोगाउँछु

आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने उनले बताए।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदबाट आर्थिक वार्गेनिङको अडियो सार्वजनिक भएपछि प्रष्टिकरणसहितको अभिव्यक्ति सार्वजनिक गरेका छन्।

National life

आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने उनले बताए। पैसाको लेनदेनको कुरा मात्र गर्दा पनि आफूहरू नसहने लामिछानेको भनाइ छ। 

पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दु्ई करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेले सामाजिक सञ्जालमा उक्त अभिव्यक्ति दिएका हुन्।

रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड मागेको उक्त अडियोमा सुन्न सकिन्छ। 

लामिछानेले आइतबार बेलुकी सामाजिक सञ्जालमा लेखेका छन्– ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौँ।  कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन। रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ। दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु। आज अलि चाँडै सुत्छु। आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ। थप कुरा भोलि।
 

प्रकाशित: Apr 10, 2023| 07:09 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...