शनिबार, असार १३, २०८३

त्रिभुवन आर्मी क्लब राष्ट्रिय हक्कीको फाइनलमा

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९
National life
Shivam cement

मोरङ- गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा  पुगेको छ। 

विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले  पराजित गरेको छ। त्रिभुवन क्लबका रोमन रानाले चार, काशिराज राईले तीन, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले एक÷एक गोल गरेका थिए। खेलको ‘म्यान अफ दी म्याच’ क्लबका रञ्जित राउत भए। 

प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब, नेपाल पुसिल, कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ।     प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन्। अर्को सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच आज हुने आयोजकले जनाएको छ। प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार  हुनेछ। 

प्रकाशित: Apr 09, 2023| 19:11 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।